विप्लव समूहसँग छिट्टै सहमति गर्नेछौँ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित विप्लव समूहसँग चाँडै वार्ता हुने दाबी गरेका छन् ।

झापामा बनेको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन ।

विध्वंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । विप्लवले पछिल्लो समय सरकारसँग वार्ता गर्न सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया