निर्देशक श्रेष्ठलाई कोरोना सङ्क्रमण

काठमाडौँ । निर्देशक दीपक श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ । उनले फेसबुकमा पोस्ट सार्वजनिक गर्दै आफू सङ्क्रमित भएको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत परीक्षण गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

श्रेष्ठले हालसालै चलचित्र घिन्ताङको छायाङ्कन सुरु गरेका थिए । यही दौडधुप र चहलपहल बिच उनलाई सङ्क्रमण भएको हो । चलचित्रमा गौरव पहाडी र लक्ष्मी बर्देवा मुख्य भूमिकामा देखिँदै छन् ।
प्रतिक्रिया