अनुपमको किताब मोदीलाई मन पर्‍यो

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरले लेखेको किताब ‘योर वेस्ट डे इज टुडे’ चर्चामा छ । उक्त पुस्तक पढेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेरै प्रशंसा गरेका छन् ।

किताबमा आमाबाट केटाकेटी बेलैदेखि सिकेका कुराको प्रतिविम्ब त्यसमा झल्कने बताइएको छ । आमाको त्यही उत्प्रेरणाका कारण असहज अवस्थामा पनि परिवार एकबद्ध भएर अघि बढेको र समस्याको सामना गरेको पाइने जनाइएको छ । यही विषय मोदीलाई धेरै मन परेको हो । पत्रमा मोदीले आत्मनिर्भर भारतबारे पनि प्रसङ्ग उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको पत्र पाएर अनुपम भावुक बनेका छन् । सामाजिक सञ्जालमा उक्त पत्र सार्वजनिक गर्दै उनले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया