अब के होला?

काठमाडौँ । चलचित्र ए मेरो हजुर ४ को छायाङ्कन सकिन करिब १५-२०प्रतिशत नै बाकी छ । कोभिड १९ र मौसमले साथ नदिएको कारण छायाङ्कनको केही काम बाकी रहेको टिमले बताउँछ ।

यही बिच चलचित्रको फाइनल सम्पादन भन्दै सम्पादक मित्र डी गुरुङले तस्बिर सार्वजनिक छन् ।

चलचित्रकी नायिका सुहाना थापा छायाङ्कनका लागि भन्दै अमेरिकाबाट नेपाल आएकी छन् । नायक अनमोल केसीको आगामी चलचित्र ‘पारस’ छायाङ्कनमा जाने तयारीमा छ ।

ए मेरो हजुर ४ का लागि अनमोलले कपाल काट्नु पर्ने छ भने पारसमा उनको लामो कपाल चाहिएको छ । यता निर्माता निर्देशक समेत बसेको तस्बिर सम्पादकले चलचित्र सकिन लागेको छनक दिँदै सार्वजनिक गरेका छन् ।

अब के होला? अन्योल नै अन्योल !

प्रतिक्रिया