शुभ जन्मदिन रवीन्द्र खड्का

काठमाडौँ । दलानलाई चलचित्र घर बनाएर सानै उमेरबाट रवीन्द्र खड्का बालापनमा पनौतीको आफ्नो घरमा चलचित्र बनाएर प्रस्तुत गर्थे । आफ्नै उमेरका साथी बटुलेर उनले उपलब्ध स्रोतलाई आधार मानेर चलचित्रको शैलीमा प्रस्तुति दिन्थे ।

पहिलो पटक नाटक ‘जाल’ मा सानो रोल गरेर अभिनयमा प्रवेश गरे । डाइलग थिएन ।  तर पनि पहिलो पटक दर्शक माझ देखिन पाए उनी । रङ्गमञ्चमा धेरै काम गरेका उनले चलचित्रमा लामो प्रयास गर्दा पनि काम पाउन सकेनन् । लामो समयको प्रतीक्षा पछि पहिलो चलचित्रमा उनले नाटकीय ढङ्गले नायकको रोल पाए ।

हाल कलाकारिता सस्तो हुँदै गएकोमा उनलाई गुनासो छ । क्वालिटी भन्दा क्वान्टिटीमा बढी ध्यान दिएकोमा उनलाई नमिठो लाग्छ । अवसर भने पहिला भन्दा सहज रूपमा पाउने उनी बताउँछन् ।

उनी २०३३सालबाट निरन्तर यस क्षेत्रमा । पहिले उनी सन्तोष पन्तसँग मिलेर कमेडी गर्थे ।  उनलाई कहिले काहीँ कमेडी छोडेर नायक बनेर गलत पो गरे की ? भन्ने लाग्ने रहेछ ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष खड्कालाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया