‘एमसीसी संसद्बाट पास हुन्छ भनेर कहीँकतै भनेको छैन’

काठमाडौँ । नेकपा वरिष्ठ नेता झलनाथ खनालको सचिवालयले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसद्बाट पास हुन्छ भनेर कहीँकतै नभनेको बताएको छ ।

शनिबार खनालका स्वकीय सचिव कृष्ण भट्टराईले एक विज्ञप्ति जारी गर्दै सो कुरा भनेका हुन् । विज्ञप्तिका उल्लेख भएअनुसार नेता खनाल एमसीसी नेकपा कार्यदलले बुझाएको प्रतिवेदनअनुसार एमसीसी संशोधनसहित मात्रै पारित हुनुपर्छ भन्ने अडानमा छन् ।

यसअघि एमसीसीबारे सत्तारुढ नेकपाभित्रै विवाद बढेपछि नेकपाले यसबारेको समस्या समाधान गर्न कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदनसमेत बुझाइसकेको छ ।

प्रतिक्रिया