कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार देखिएन

काठमाडौँ । पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छैन । मस्तिष्काघात भएपछि शुक्रबार बिहानै नर्भिक अस्पताल लगिएका जोशीको शल्यक्रियापछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उपचारमा खटिएका चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको जोशीका दाजु राजुराज जोशीले जानकारी दिए । ‘पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा हामीले जानकारी लिन बाँकी छ,’ उनले भने, ‘शुक्रबार रातीसम्म अवस्था स्थिर रहेको चिकित्सकले बताएका थिए ।’

जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार दिउँसो जानकारी दिँदै उपचारमा खटिएका नर्भिक अस्पतालका न्युरो सर्जन डा. राजीव झाले जोशी बाँच्ने आश अझै पनि ३० प्रतिशत बाँकी रहेको बताएका थिए ।

बिहीबार राति मष्तिष्क घात भएपछि जोशीलाई सुरुमा वीर अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई रिफर गरिएपछि पौने ३ बजे नर्भिकमा लगेर उपचार थालिएको हो ।

प्रतिक्रिया