शुक्रबार थप ११२ जनामा काेभिड १९ संक्रमण पुष्टि

काठमाडौं । कोभिड १९ संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । आज (शुक्रबार) ११२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेको हो ।

यस्तै आज ५४ जना निकाे भएका छन् भने चार संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै निकाे हुनेकाे संख्या २ लाख ७० हजार २७७ पुगेकाे छ भने मृतक संख्या २ हजार ७७१ पुगेकाे छ ।

मन्त्रालयका अनुसार शुक्रबार क्वारेन्टिनमा ७१ जना छन् भने सक्रिय संक्रमित संख्या ९३६ रहेकाे छ ।

प्रतिक्रिया