कङ्गनाका कारण तनावमा ऋतिक

एजेन्सी । अभिनेत्री कङ्गना रनावतले दायर गरेको मुद्दालाई लिएर अभिनेता ऋतिक रोशनलाई अदालतले बोलाएको छ । कङ्गनाको इमेल सम्बन्धित मुद्दामा अपराध शाखा मुम्बईले ऋतिकलाई सूचना दिँदै बयानका लागि शनिवारको दिन तोकेको छ । उनले शनिवार अपराध शाखाको क्रिमिनल इन्टेलिजेन्स युनिटमा आफ्नो बयान दिनुपर्ने छ ।

कङ्गनाले सन् २०१३ देखि सन् २०१४ को बिचमा ऋतिकले आफ्नो अकाउन्टबाट १०० भन्दा बढी व्यक्तिलाई इमेल पठाइदिएको आरोप लगाएकी छन् । उक्त आरोपको खण्डन गर्दै ऋतिकले सन् २०१५ मा कङ्गनामाथि छानबिन गर्न मुद्दा दायर गराएका थिए । झन्डै ७ वर्ष पुरानो सोही मुद्दाको बयानका लागि उनलाई बोलाएको हो ।

ऋतिक स्वयम् उपस्थित भएर अपराध बयान दिनुपर्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।

प्रतिक्रिया