मधुर मित्तलविरुद्ध यौन दुर्व्यवहारको आरोप

एजेन्सी । स्लमडग मिलिनियरका कलाकार मधुर मित्तललाई यौन दुर्व्यवहारको आरोप लागेको छ । प्रेमिकाको घरमा जबर्जस्ती घुसेर यौन दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

१३ फेब्रुअरीको घटनामा प्रहरीले हालसम्म उनलाई गिरफ्तार भने गरेको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार मधुरले उनकी प्रेमिकालाई अघिल्लो वर्षको डिसेम्बरमा भेटेका थिए । भेटको १५ दिन नबित्दै मधुरले प्रेमिकामाथि नशाको तालमा दुर्व्यवहार गर्न थालेका थिए ।

यहीबीच ११ फेब्रुवरीमा नै उनकी प्रेमिकाले सम्बन्धको अन्त्य भएको बताइन् । सोही कारण मधुर रिसाएका थिए ।

रीसमा उनले १५ पटक घाँटी थिचेर मार्ने प्रयाससमेत गरेका थिए । उनले कपाल लुछ्ने, कान तान्नेमात्रै नभई दाइने आँखामा मुड्कीसमेत प्रहार गरेका थिए । उनको शरीरभर चोट रहेको उनीपक्षीय वकिलले बताएका छन् ।

प्रतिक्रिया