कलाकार जेरार्डविरुद्ध बलात्कारको आरोप

एजेन्सी । फ्रान्सेली कलाकार जेरार्ड डेपार्ड्युलाई बलात्कारको आरोप लागेको छ । उनीमाथि तीन वर्षअघि आफ्नै घरमा एक अभिनेत्रीलाई बलात्कार गरेको आरोप लागेको हो ।

सन् २०१८ मा पेरिसमा घटेको घटनामा पीडित महिलाले यौनजन्य दुर्व्यवहार र बलात्कार गरेको बताएकी छन् ।

आरोपितका वकिल एलोडी टुइइलोन हिबोनले अभिनेत्रीको गोपनीयता कायम रहनुपर्नेमा जोड दिएकी छन् ।

७३ वर्षीय जेरार्ड सफल अभिनेता हुन् । उनका जीन डी फ्लोरेट, ग्रिन कार्ड,  सुरानोजस्ता चलचित्र चर्चित छन् । १ सय ७० भन्दा बढी चलचित्रमा काम गरेका उनले सुरानोमार्फत सन् १९९० को कान्समा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

प्रतिक्रिया