शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए

एजेन्सी । बलिउड अभिनेता शाहिद कपूरकाे आज जन्मदिन हाे । उनले फिल्म जगतमा राम्राे छाप बनाएका छन् । उनकाे फ्यान फलाेइङ पनि राम्राे छ ।

विभिन्न भूमिकामा न्याय गरेका उनले चलचित्र क्षेत्रबारे अब त धेरै ज्ञान हाँसिल गरिसकेका छन् । तर उनले याे सफलता सजिलै हात पारेका भने हाेइनन् । चलचित्र क्षेत्रमा शाहिदले धेरै संघर्ष गरेका छन् ।

यतिसम्म कि त्याे समय उनीसँग खाने कुरा र बस्ने ठाउँकाे समेत टुङ्गाे थिएन ।

उनले करियरकाे सुरूवाती चरणमा धेरै रिजेक्सनकाे सामना गर्नुपर्याे । चलचित्र क्षेत्रमा पाइला टेक्ने काेशिस गर्दैगर्दा एक सयभन्दा बढी चलचित्रबाट रिजेक्ट भएकाे उनले एक अन्तर्वार्तामा बताएका थिए ।

इच्छाशक्ति र प्रतिभा हुँदाहुँदै पनि शाहिदले ठूलो पर्दामा देखिन पाएनन् । त्यतिबेला उनीसँग चलचित्रमा काम नपाएकाे चिन्ता मात्रै थिएन, बिहान र बेलुकाकाे खाना जुटाउन समेत धाैधाै परेकाे थियाे उनलाई ।

अडिसन शुल्क समेत तिर्न नसक्ने अवस्थामा पुगेका थिए । केही समयपश्चात् आफूमा भएकाे प्रतिभाले उनले धेरै विज्ञापनहरूमा काम त पाए तर चलचित्रमा अझै अवसर पाएनन् । सन् २००३ मा भने पहिलाे पटक चलचित्रकाे अवसर पाए । पहिलाे चलचित्र इश्क-विश्क ले शाहिदकाे करियर माथि चुलियाे । उनले उक्त चलचित्रबाट फिल्मफेयर पुरस्कार समेत प्राप्त गरे । चलचित्रले बक्स अफिसमा पनि शानदार रेकर्ड बनायाे ।

त्यसपछि अभिनेता शाहिदले चलचित्र बिवाहमा पनि काम गरे जसले उनलाई चलचित्र क्षेत्रमा स्थापित बनायाे ।

प्रतिक्रिया