अब फेरि टाउको गन्तीको शृंखला चल्न सक्छ !

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि कुर्सीकाे खेल सुरू हुने खतरा रहेकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा उपचाररत् नेता भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाकाे फैसला गरेपछि राजनीति पुन: दल/नेताको कोर्टमा पुगेको समेत बताएका छन् ।

अब फेरी टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्न सक्ने उनकाे भनाइ छ ।

‘सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेको छ । घरज्वाईंलाई खानको धन्दा भने झैँ उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ’, उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्, नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’

प्रतिक्रिया