आजदेखि बस्ने भनिएको डा. केसीको अनशन स्थगित

काठमाडौं । डा. गोविन्द केसीले १२ गतेदेखि सुरू गर्ने भनिएकाे अनशन स्थगित गरेका छन् । संसद पुनर्स्थापनाकाे दबाब दिन अनशन बस्ने चेतावनी दिएका उनले सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाकाे फैसला गरेपछि बुधबार एक विज्ञप्ति जारी गर्दै अनशन स्थगित गरेकाे जानकारी दिएका हुन् ।

उनले तीन बुँदे माग राख्दै माग पुरा नभए फागुन १२ गतेदेखि अनशन बस्ने घाेषणा गरेका थिए । अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गर्नुपर्ने, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरू राखेका थिए ।

आफूसँग विगतमा भएका सम्झाैताहरू कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने समेत उनले बताएका छन् ।

डा. केसीद्वारा जारी विज्ञप्ति

 

प्रतिक्रिया