बुधबार थप ९४ जनामा कोभिड १९ संक्रमण, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोभिड १९ संक्रमण पुष्टि छ । योसँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज (बुधबार) ७१ संक्रमित निको भएका छन् भने थप एक जनाको मृत्यु भएको छ । योसँगै निको हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ भने मृतक संख्या २ हजार ६६ पुगेको छ ।

क्वारेन्टिनमा आज ६३ जना छन् भने सक्रिय संक्रमित संख्या एक हजार ५५५ रहेको छ ।

प्रतिक्रिया