कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ बाट

काठमाडौँ । ‘कमेडी च्याम्पियन २’ प्रसारण हुने भएको छ । फागुनको २१ गतेदेखि शो कान्तिपुर टिभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रसारण हुनेछ ।

बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा शोका निर्देशक विशाल भण्डारीले पहिलो सिजनमा आर्थिक समस्याले आफूहरू झेलिए पनि दोस्रो सिजनमा त्यो समस्या नभएको बताए । रेडियो कान्तिपुर तथा कान्तिपुर टिभीका स्टेसन म्यानेजर दिनेश डिसीले यो शोले दर्शकको मन जितेको भन्दै ५ वर्षसम्म निर्माण टिम र टेलिभिजनबिच प्रसारणको सम्झौता भएको बताए ।

कार्यक्रम रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् भने निर्णायकहरूमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई नै रहने जनाइएको छ ।

प्रतिक्रिया