‘देशीविदेशी शक्तिहरुको षड्यन्त्रका कारण सर्वोच्चले यस्तो फैसला गर्यो’
२०७७ फागुन १२ गते

|सरकार प्रवक्ता पार्वत गुरुङ। तस्बिरः मकालु खबर|
काठमाडौँ । सरकारका प्रवक्ता पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाबाट आत्तिनु नपर्ने बताएका छन् । आफ्नो आधिकारिक फेसबूकमार्फत् गुरुङले यस्तो बताएका हुन् ।
यसैबीच गुरुङले सर्वोच्चको फैसलालाई आफूहरुले स्वीकार गरेर अघि बढ्ने बताएका छन् । यद्यपि गुरुङले सर्वोच्चको फैसला यस्तो आउनुमा देशीविदेशीको हात रहेको बताएका छन् । ‘मुलुकमा स्थिरता नचाहने देशीविदेशी शक्तिहरुको षड्यन्त्रका कारण यस्तो फैसला आएको हो’, गुरुङले उल्लेख गरेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको पक्षमा देशव्यापी जनलहर देखिएपछि उहाँको राजनीतिक एजेन्डा सफल भयो भने बर्चश्व उहाँको कायम हुन्छ भनेर विभिन्न शक्ति केन्द्रहरुबाट यस्तो भएको हुन सक्छ ।’
यसअघि मंगलबार सर्वोच्चले गत ५ पुसमा विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना भएको फैसला सुनाएको थियो ।
२०७७ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित








