‘मुम्बई सागा’ टिजर

एजेन्सी । चलचित्र ‘मुम्बई सागा’ को टिजर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकार जोन अब्राहम र इमरान हस्मीलाई टिजरमा प्रस्तुत गरिएको छ । इमरान प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । चलचित्रमा काजल अग्रवाल,सुनिल सेट्टी र गुल्सन ग्रोवरको समेत मुख्य भूमिका रहेको छ । ग्यांगस्टार ड्रामा चलचित्र सञ्जय गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रमा उनको लेखन तथा निर्माण समेत रहेको छ । विधाको चलचित्रमा काम गरेका छन् ।  चलचित्र मार्च १९बाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया