नेतृत्व माथिको आशङ्का टरेको छैन : भुवन केसी

काठमाडौँ । अभिनेता भुवन केसीले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले अदालतको फैसलाको स्वागत गरेका हुन् ।

उनमा नेतृत्व माथिको आशङ्का भने टरिसकेको छैन । ‘संवैधानिक संकट त टर्‍यो तर नेतृत्वमाथिको आशंका टरेको छैन,’ अभिनेता केसीले लेखेका छन्, ‘आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला ।’

कलाकारको राज्य र राजनीतिप्रतिको चासो सकारात्मक देखिन्छ । उनले संविधान र जनतालाई फाइदाको लागि प्रयोग नगरी ‘मेरो नेता’ भन्दा गर्व महसुस हुने वातावरण सिर्जना होस् भन्ने अपेक्षा राखेका छन् ।

प्रतिक्रिया