दीपावली होइन राजनीतिक नेतृत्वले आत्मसमिक्षा गरौं : बाबुराम

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति यति भ्रष्ट बन्नुको कारणबारे आत्मसमिक्षा गर्नुपर्ने बताएका छन् ।

उपचारका क्रममा भारतको नयाँदिल्लीमा रहेका भट्टराईले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएसंगै देश पुस ५ को अवस्थामा फर्केको तर अहिल्यै दीपावली गरिहाल्नुपर्ने अवस्था भने आइनसकेको टिप्पणी गरेका हुन् । ट्वीटरमा उनले भनेका छन्- ‘अहिले दीपावली होइन गम्भीर आत्मसमिक्षा गर्ने बेला हो ।’

भष्मासुरलाई कसले हुर्कायो, पाल्यो ? राजनीतिलाई राज्य दोहनको साधन कसरी बनाइयो ? राजनीतिक नेतृत्व यति भ्रष्ट र मुल्यमान्यता विहीन कसरी भयो ? जस्ता प्रश्न अनुत्तरित रहेकाले यसबारे गम्भीर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ । यसमा राजनीतिक नेतृत्व दोषी रहेको स्वीकार्दै उनले भनेका छन् ‘त्यसलाई जनताले कसरी पत्याउने ? म म भनौँ ।’

प्रतिक्रिया