सेटिङकाे शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज भयो : गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनःस्थापनासँगै सेटिङ्को शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज भएको टिप्पणी गरेका छन् ।

फैसलाप्रति प्रतिक्रिया दिंदै थापाले ट्वीटरमा सर्वोच्च अदालतले संविधानविरुद्धको षडयन्त्र खारेज गर्दै संविधानको रक्षा गरेको बताएका हुन् ।

फैसलापछि न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको पनि बताएका छन् ।

थापाले भनेका छन्–‘संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

प्रतिक्रिया