निशानको नयाँ एसयूभी गाडी ‘निशान म्यागनाइट’ नेपाली बजारमा

काठमाडौं । पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालका सबै डिलर मार्फत् बुकिङ खुला गरेको छ । ग्राहकले वेबसाइटमा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा निशान म्याग्नाइटको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म रहेको कम्पनीले उल्लेख गरेको छ । पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक संदीपकुमार शारदाले निशान म्याग्नाइटले भने यो गाडीको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको दाबी गरेका छन्।

‘मेक इन इण्डिया, मेक फर द वल्ड’को दर्शनमा निर्मित निशान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र वेस्ट इन सेग्मेन्टका सुविधा छन्‚ जसले उपभोक्तालाई नयाँ अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले बताएको छ ।

निशानको मान्यताअनुसार यो गाडीमा क्रुज कन्ट्रोल र ३६० भ्यूजस्ता प्रविधि पनि छन् । म्याग्नाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताका आकाक्षा पुरा गर्ने ध्ययेका साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक शारदाले अनुसार नयाँ निशान म्याग्नाइटको लन्च निशानको ग्राहक केन्द्रित यात्रामा कोशेढुङ्गा सावित हुने बताए । ग्राहकको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया