आर्यनको ‘अर्जुन रेड्डी’ मा काम गर्ने रहर

काठमाडौँ । दक्षिण भारतीय चलचित्र अर्जुन रेड्डीको नेपाली भर्सन बन्ने चर्चा चलेको पनि लामै समय भयो । चलचित्र निर्माण तथा वितरणको जिम्मा लिएको टिमले एक वर्षपछि काम सुरु गरेको छ । अहिले उक्त चलचित्रको लागि कलाकार खोज्ने काम सुुरु भइरहेको छ ।

सुरुवाती चरणमा यस चलचित्रका लागि आर्यन सिग्देलको नाम चर्चामा आएको थियो । उक्त समय उनले कुनै प्रतिक्रिया दिएका थिएनन् । त्यसपछि ज्योतिषी हरिहर अधिकारीको नाम बाहिर आयो । यतिमात्र नभएर हरिहरले शरीर र दाह्री कपाल बढाएको विषयले लामै चर्चा पायो ।

तर अहिले आएर भने मुख्य कलाकारसहित अन्य कलाकार मागेर अडिसन गर्ने चर्चा चलिरहेको छ । यही माहोलबीच आर्यन सिग्देलले भने रमाइलो गरेका छन् । उनले दारी कपालसहितको तस्बिर राख्दै आफूले आवेदन दिन पाउने/नपाउने भन्दै प्रश्न गरेका छन् ।

आर्यन चलचित्र डिसेम्बर फल्सको छायाङ्कनमा पोखरामा रहेका छन् ।

प्रतिक्रिया