नागार्जुन १७ वर्षपछि बलिउडमा

एजेन्सी । दक्षिण भारतीय अभिनेता अक्किनेनी नागार्जुन १७ वर्ष पश्चात् बलिउड चलचित्रमा देखिने भएका छन् । उनले हालसालै करन जोहरको धर्म प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘ब्रह्मास्त्र’ को छायाङ्कन सकेका छन्।

अयान मुखर्जीद्वारा निर्देशित चलचित्र ‘ब्रह्मास्त्र’मा अमिताभ बच्चन, रणवीर कपूर र आलिया भट्टसमेतको मुख्य भूमिकामा रहेको जनाइएको छ ।

करन र उनको टिमले आफूलाई धेरै सम्मान दिएको नागार्जुन बताउँछन् । चलचित्रमा उनको अमिताभसँग भने कुनै सिन रहेको छैन । यसअघि नागार्जुनले बलिउड चलचित्र ‘एलओसी : कारगिल’ मा सन् २००३ मा काम गरेका थिए । उनको पुनरागमन दर्शकले कुरिरहेका छन् ।

प्रतिक्रिया