पैयुँ कला प्रतिष्ठानको नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौँ । ‘संस्कृतिमा विविधता, विविधतामा एकता’ भन्ने मूल नारासहित पर्वतको पैयुँ कला प्रतिष्ठानले पालिका स्तरीय नृत्य प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । पैयुँ गाउँपालिकामा भएको  उक्त कार्यक्रम पालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले उद्घाटन गरेका थिए । पालिकाका अध्यक्षले समाजमा सचेतना फैलाउन तथा कला संस्कृति जगेर्ना एवम् प्रवर्द्धन गर्न हर हमेसा प्रतिष्ठानलाई साथ दिने वाचा गरे ।

कार्यक्रममा प्रतिष्ठानका कलाकारद्वारा भजन तथा नृत्य प्रस्तुत गरिएको थियो । प्रतियोगिताको निर्णायक सरिता हिताँग (बविता) थिइन् । कार्यक्रम सञ्चालन गगन कान्छो ‘पर्वत’ र समीर हिताँग (राजु)ले गरेका थिए भने कार्यक्रमको व्यवस्थापनमा मनोज सुनुवारले गरेको प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभातले जानकारी गराए ।

प्रतिक्रिया