सर्वोच्चको फैसला स्वीकार्य हुन्छ : ईश्वर पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन् । ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने नेता पोखरेलको भनाई छ । ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन,’ उनले भने, ‘हामी शक्ति पृथक्कीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

यद्यपी प्रतिनिधिसभा विघटन संवैधानिक रहेकाले अदालतबाट अन्यथा फैसला आउने आफूहरुले नसोचेको पोखरेलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न पाउने सम्भावना नरहेको उनको दाबी छ ।

प्रतिक्रिया