प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे सिंहदरबारस्थित परिषद कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेका अनुसार यो नियमित बैठक हो । बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको उनको भनाई छ ।

तर अहिलेको जटिल राजनीतिक अवस्थामा बस्न लागेको सुरक्षा परिषद् बैठकलाई चासोका साथ हेरिएको छ । सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन् ।

प्रतिक्रिया