रुबिनाले जितिन् बिग बोस १४ को उपाधि

एजेन्सी । चर्चित भारतीय रियालिटी शो ‘बिग बोस’ को चौधौँ संस्करणमा रुबिना दिलेक विजेता बनेकी छन् । उनले पुरस्कार स्वरूप ३४ लाख भारतीय रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै फस्ट रनर अप राहुल वैद्य बने ।

रुबिना र राहुलबीचको टक्करमा फ्यानसमेत विभाजित भएका थिए । मत सर्वेक्षणमा भने रुबिना नै अगाडि देखिइएकी थिइन् । रुबिनाले टेलिसिरियल ‘छोटी बहु’ मा चर्चा बटुलिसकेकी छन् । उनले यस शोमा श्रीमान् अभिनव शुक्लसँगै भाग लिएकी थिइन् ।

कार्यक्रम सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरूलाई ३० सेकेन्डको समय दिएर १४ लाख रुपैयाँ लिएर शो छाड्ने विकल्प दिएका थिए । राखी सावन्तले भने १४ लाख लिएर शोबाट बिदा हुने निर्णय लिएकी थिइन् ।

प्रतिक्रिया