दिल्लीस्थित नेपाली दूतावासबाट भट्टराईको भावुक ट्वीट

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले शरीरमा पलाएको ‘ट्युमर’ छुट्याउन नसकेर विदेश जानुपर्दा आफू दुःखित भएको बताएका छन्।

आइतबार एक ट्वीटमा ‘कोट’ गर्दै डा भट्टराईले २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक भन्ने छुट्ट्याउन नसकेर विदेशमा आउनुपर्दा आफू लज्जित/दुःखी भएको उल्लेख गरेका हुन्।

उनले आफ्नो यस्तो स्थिति छ भने सामान्य नागरिकको के होला भन्दै प्रश्न गरेका छन्।

‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित/दु:खित छु‚’ डा भट्टराईले लेखेका छन्‚ ‘२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!सामान्य नागरिकको के होला?

प्रतिक्रिया