रिमालाई ‘मितेरी’ प्यारो

काठमाडौँ । कलाकार रिमा विश्वकर्मालाई जाडोमा घाम प्यारो लागेको छ । उनले शब्द कोर्दै चितवन झैँ लाग्ने लोकेसनमा रहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनी लेख्छिन्,’जाडोको प्यारो घाम, आऊ है माया मितेरी लाम’

यो लेखिरहँदा उनी मक्ख परेको अनुमान उनले प्रयोग गरेको इमोजीले झल्काएको छ ।

चस्मा, डेनिम आउटर र कालो स्टकिंगमा सजिएकी उनी घाम झैँ उजेली देखिएकी छन् ।

उनको सङ्केत ‘मितेरी’ लगाउने तर्फ छ । तर उनका पुरुष फ्यानले भने हितैषी बन्ने चाह व्यक्त गरेका छन् ।

महिलासँग लगाउने मितेरी भन्दा अब हितैषी बन्द पनि खासै फरक त नपर्ला उनलाई ।

उनी भन्दा अघिकी नायिका रञ्जना शर्माले हितैषी मित्र भेटिन् । त्यस्तै अन्जु पन्त पनि खुसी छिन् । उनकै उमेर समूहकी गायिका इन्दिरा जोशीले समेत २ वर्षअघिको सम्बन्ध सार्वजनिक गरिन् ।

तर रिमा भने अझै ‘मितेरी’ मै रमाउन खोज्दै छिन् ।

‘म एक्लै खुसी छु’ भन्ने रिमालाई सदैव खुसी देख्ने दर्शकको चाह पुरा होस् ।

प्रतिक्रिया