प्रदेश सभा बहिस्कार गर्दै ओली पक्ष

काठमाडौं । सत्तारुढ नेकपा ओली समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने भनिएको प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएको छ।

मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो।

आइतबारका लागि बोलाइएको प्रदेश सभा बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची रहेको थियो।

पुस १२ गते प्रदेश १ को प्रदेशसभामा नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने ४ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए।

प्रतिक्रिया