करिना र सैफलाई पुत्र लाभ

एजेन्सी । भारतीय नायिका करिना कपुर आमा दोस्रो पटक बनेकी छन् । शनिवार बेलुकी अस्पताल भर्ना गरिएकोमा उनले आज बिहान मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । गर्भवती भएको समयमा पनि करिनाले विज्ञापन, चलचित्र र फोटो सुटको कामलाई रोकेकी थिइनन् । उनले एक विज्ञापनको छायाङ्कन शनिवार समेत गरेकी थिइन् ।

सन् २०१६ को डिसेम्बर २० तारिखमा उनले पहिलो सन्तानको रूपमा तैमुरअली खानलाई जन्म दिएकी थिइन् । दोस्रो सन्तान जन्मनु अगाडि सैफ र करिना नयाँ घरमा सिफ्ट भएका थिए । सैफ भने अब चौथो सन्तानका पिता बनेका छन् ।

प्रतिक्रिया