‘पिके’ को सिक्वेल बन्ने

एजेन्सी । चर्चित भारतीय अभिनेता आमिर खान अभिनित चलचित्र ‘पिके’को सिक्वेल बन्ने भएको छ।

अभिनेता आमिर खान र राजकुमार हिरानीको सहकार्यमा ७ वर्षअघि निर्माण भएको चलचित्रको सिक्वेल बन्ने भएको हो।

चलचित्रको अन्तिम दृश्यले सिक्वेल बन्ने सम्भावना छाडेको थियो।

स्क्रिप्ट लेखनको काम भइरहेको चलचित्र विधु बिनोद चोपडाले निर्माण गर्नेछन्। फिल्मको स्क्रिप्टको काम सकिएपछि छायाङ्कन थालिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया