पुष्पको ‘लुक्स एक्स्पेरिमेन्ट’

काठमाडौँ । कलाकारको जीवन पनि अनौठो। कैले धनाढ्य बन्न पाइने, कहिले बाटोमा उभिएर हात फैलाउनुपर्ने। जे गराउँछ चरित्रले गराउँछ।

नायक पुष्प खड्कालाई पनि लोकल गुन्डा बन्ने रहर जागेछ। उनले तस्बिर सेयर गर्दै लेखेका छन् ‘वाना बी लोकल गुन्डा’ । उनको पहिरन पनि रमाइलो लाग्नेछ। दक्षिण भारतीय चलचित्रमा झैँ उनले धोती पहिरिएका छन्।

केही दिनअघि छायाङ्कन गरिएको रबी ओडको गीतको तस्बिर सार्वजनिक गरेका पुष्पले ‘लुक्समा एक्स्पेरिमेन्ट’ गर्न खोजेको बताएका छन्। मवली, टुना मुना लगाउने चरित्रमा देखिने उनलाई प्रियाना आचार्य ‘मुन्नी’ ले अभिनयमा साथ दिएकी छन्। टोखामा खिचिएको भिडियो मौसम हिमालीले निर्देशन गरेका छन्।

हाल कालिञ्चोकमा रहेर मनसँग मन चलचित्रको गीतको छायाङ्कनमा व्यस्त पुष्पले यो गीतसमेत राम्रो रहेको बताए। ‘हिजो र अस्ती हिउँ पर्‍यो। यसै पनि राम्रो गीत भिडियोलाई प्रकृतिले समेत साथ दियो‚’ उनी भन्छन्।

पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेका खड्काको अभिनयको चौतर्फी प्रशंसा छ।

प्रतिक्रिया