ओलीमाथि खनिए भीम रावलः फरार अभियुक्तलाई गुटमा भित्र्याउने ?
काठमाडौँ । नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटगत स्थार्थमा लागेको पुष्टि भएको टिप्पणी गरेका छन् । ओलीले ‘जनताका पक्षमा फैसला नआए आन्दोलन हुन्छ’ भनेर चेतावनी दिएपछि नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
रावलले ट्वीटरमार्फत फरार अभियुक्तलाई गुटमा भित्र्याउनुका साथै आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश २ का प्रमुखलाई हटाउनुबाट ओली स्वेच्छाचारी र गुट स्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि भएको जिकिर समेत गरेका छन् ।
प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं.२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 20, 2021