चलचित्र ‘प्रतिशोध’ बन्ने

काठमाडौँ । डिएस डिजिटल सिनेमाको ब्यानरमा चलचित्र ‘प्रतिशोध’ निर्माण हुने भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्मको अर्को साता शुभमुहुर्त गरिंदैछ ।

रविन श्री, रवी खड्का, राजु पौड्याल, आरजे भिलेन, पदम सुनार, प्रीतिका शर्मा, रेनु थापा लगायतको कलाकारको अभिनय रहने चलचित्रमा सुभाष गौतम तथा शंकर अधिकारी घायलका गीत रहनेछन् ।

कृष्ण पाण्डेको छायाँकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य रहने चलचित्र छिट्टै नै फ्लोरमा जाने छ । चलचित्रबाट रेनु थापाले अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् ।

प्रतिक्रिया