एक दशकपछि अभिनयमा पुष्पराज

काठमाडाैँ । कलाकार पुष्पराज पुरुष अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा रमाएका उनी करिब दशकपछि ‘हँसाउने उहीँ छ’ गीत मार्फत अभिनयमा फर्किएका हुन् ।

पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए । गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ को शब्द रहेको गीतको भिडियोमा उनी योगी अवतारमै देखिएका छन् ।

प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन छ । गीतको भिडियोमा पुष्पराज पुरुष, उत्तम केसी, बालकलाकार सदुर्श चुडाल, प्रत्युस विमली लगायतको अभिनय देख्न सकिन्छ ।

चक्र बरालको छायाँकन, विकास दाहालको सम्पादन रहेको भजल गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया