मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कोभिड १९ अपडेट : थप ९७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोभिड १९ संक्रमित संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेको हो ।

यस्तै आज (शुक्रबार) ११४ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ६८ जना छन् भने सक्रिय संक्रमित संख्या एक हजार ५८३ रहेको छ । यस्तै आज थप तीन संक्रमितको मृत्यु भएको छ । योसँगै मृतक संख्या २ हजार ६१ पुगेको छ ।

प्रतिकृयाहरु
Loading...