संसद विघटनबारेको फैसला फागुन ११ पछि

काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको फैसला फागुन ११ गतेपछि आउने भएको छ ।

फैसलाका लागि फागुन ११ को हेर्दाहेर्दैमा राखि त्यहि दिन वा अर्को दिन फैसला गर्न सकिने प्रधानन्यायाधीस चोलेन्द्रशमशेर राणाले जानकारी दिए ।

कानून ब्यवसायीले निर्णय सुनाउने समय तोक्न आग्रह गरेकोमा प्रधानन्यायाधीस राणाले फागुन ११ गते हेर्दाहेर्दैमा राख्ने र त्यहि दिन निर्णय आउन पनि सक्ने र अर्को दिन पनि आउन सक्ने जानकारी गराएका हुन् ।
इजलासमा प्रधानन्यायाधीश राणाले भने, “अहिले निसुको प्रश्न छैन । १० गतेसम्म बहस नोट पेश गर्नुस्, ११ गते हेर्दाहेर्दैमा राखौँ, त्यही दिन पनि निर्णय हुन सक्छ, अर्को दिन पनि हुन सक्छ।”

शुक्रबार एमिकस क्युरी (अदालतका सहयोगी कानुन विज्ञ) का पाँचै जनाकाे समेत बहश सकिएकाे छ ।शुक्रबार एमिकश क्युरीका पाँचजना वरिष्ठ अधिवक्तामध्ये बाँकी गीता पाठकले राय दिएकि थिइन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि परेका १३ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा बहश भएको हो । पुस ८ गतेदेखि सुनुवाई शुरु भएपनि माघ ४ गतेदेखि भने निरन्तर सुनुवाई हुँदै आएको थियो ।

प्रतिक्रिया