विपिन र आँचल सम्मानित 

काठमाडौँ । कलाकार विपिन कार्की र आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । लक्की मिडिया हाउस चितवनको पाँचौँ वार्षिकोत्सवको अवसरमा विपिन कार्की र आँचल शर्मालाई सम्मान गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै कार्की र शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका प्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।

वार्षिकोत्सव कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि कलाकार नीर शाह र लक्की मिडियाका हरि कार्की ‘लक्की’ ले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया