यी हुन् आधा उमेरमा बाबु बनेका भारतीय अभिनेता

एजेन्सी । पचास वर्षको उमेरमा भारतीय अभिनेता सैफ अलि खान चार सन्तानका बाबु बनेका छन्। शनिबार बेलुका अस्पताल भर्ना गरिएकोमा उनले आइतबार बिहान मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।

गर्भवती भएको समयमा पनि करिनाले विज्ञापन, चलचित्र र फोटो सुटको कामलाई रोकेकी थिइनन्। उनले एक विज्ञापनको छायाङ्कन शनिबारसमेत गरेकी थिइन्।

सन् २०१६ को डिसेम्बर २० तारिखमा उनले पहिलो सन्तानको रूपमा तैमुरअली खानलाई जन्म दिएकी थिइन्। दोस्रो सन्तान जन्मनु अगाडि सैफ र करिना नयाँ घरमा सिफ्ट भएका थिए । सैफ भने अब चौथो सन्तानका पिता बनेका छन् भने करिना दुई सन्तानकी आमा बनेकी छन्।

त्यस्तै धेरै बलिउड अभिनेता ढल्किँदो उमेरमा बाबु बनेका छन्। ४० वर्षबाट उकालो लागेसँगे बाबु बन्ने अभिनेताको लिस्ट पनि लामै छ।

सञ्जय दत्त
तीन सन्तानका पिता सञ्जय दत्तको पहिलो विवाह १९८७ मा भएको थियो। उनको पहिलो सन्तान त्रिशाला नै अहिले ३२ वर्षकी भएकी छन्। सन् २००८मा मान्यतासँग तेस्रो विवाह गरेका सञ्जयका जुम्ल्याहा बच्चा उनी ५१ वर्षको हुँदा जन्मिएका हुन्। उनलाई बुढ्यौलीले छुँदै जाँदा उनका दुई सन्तान भरखर १० वर्षका भएका छन्। दोस्रो विवाह रियासँग भएतापनि उनीबाट भने सन्तान भएनन्।

शाहरुख खान
गौरीसँग सन् १९९१ मा विवाह गरेका शाहरुख खानको पहिलो सन्तान आर्यन सन् १९९७ मा जन्मिए। त्यस्तै सन् २००० मा दोस्रो सन्तानको रूपमा सुहाना जन्मिएकी थिइन् भने शाहरुख ४८ वर्ष पुग्दा उनका तेस्रा सन्तान २०१३ मा जन्मिए।

दुई सन्तानको बाल्यकाल अनुभव गर्न नपाएका कारण शाहरुखले तेस्रो सन्तानको योजना बनाएको उनले विभिन्न अन्तर्वार्तामा बताएका छन्। गौरीको बुढ्यौलीका कारण बच्चा बस्न कठिन भएकाले उनीहरूले ‘सरोगेसी’ विधिबाट अब्राहमलाई जन्माएका थिए।

आमिर खान
आमिर खानले समेत दुई विवाह गरे । उनको पहिलो विवाह रीना दत्तासँग भयो‚ उनीबाट दुई सन्तान जुनैद र इरा जन्मिए। सम्बन्ध विच्छेद पश्चात् किरणसँग उनले २००५ मा विवाह गरे । सन् २००१ मा ४८ वर्षको उमेरमा उनी तेस्रो सन्तान आजादका पिता बने। उनले पनि ‘सरोगेसी’ विधिबाटै सन्तान जन्माएका हुन्। 

अक्षय कुमार
अक्षय कुमारले २००१ मा ट्वीकल खन्नासँग विवाह गरे। एक वर्ष पश्चात् उनको पहिलो सन्तानको रुपमा आरवको जन्म भयो। त्यसको १० वर्षपछि निताराको जन्म हुँदा उनी ४५ वर्ष भइसकेका थिए। 

सोहेल खान
सोहेल खानले सन् १९९८ मा सीमासँग विवाह गरे। सन् २०००मा उनका छोरा निर्वाणको जन्म भयो। अर्को सन्तानको चाहनाका कारण उनीहरूको दोस्रो सन्तान योहानको जन्म भयो। योहान जन्मिदा उनी ४२ वर्षका थिए।

प्रतिक्रिया