परामर्श शुल्क परिमार्जनको निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क परिमार्जनसम्बन्धी निर्णय नभइसकेको बताएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकहरूको परामर्श शुल्क परिमार्जनको विषयमा मन्त्रालयले निर्णय नगरिसकेको उल्लेख गरेको हो।

मन्त्रालयले उक्त निर्णयलाई नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को एकलौटी निर्णय भएको भन्दै त्यसमा मन्त्रालयको सहमति नभएको समेत स्पष्ट पारेको छ।

‘एकलौटी रूपमा नेपाल चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको सहमति नरहेको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयद्वारा गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको हुँदा परामर्श शुल्क वृद्धि गर्ने अवस्था नरहेको जनाएको छ।

मन्त्रालयले निजी क्षेत्रका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूसँग यस विषयमा छलफल गर्न तयार रहेकोसमेत जानकारी दिएको छ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को मंगलबार बसेको संयुक्त बैठकले मंगलबारदेखि नै लागू हुनेगरी चिकित्सकको परामर्श शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो।

No description available.

यो पनि पढ्नुस्

बढ्यो डाक्टरको ओपिडी शुल्क, बिरामीले ३७० देखि ८२५ सम्म तिर्नुपर्ने

प्रतिक्रिया