बढ्यो डाक्टरको ओपिडी शुल्क, बिरामीले ३७० देखि ८२५ सम्म तिर्नुपर्ने

काठमाडौं । अस्पतालको बिहिरंग (ओपिडी) शुल्क आजबाट वृद्धि भएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को मंगलबार बसेकाे संयुक्त बैठकले मंगलबारदेखि नै लागू हुनेगरी चिकित्सककाे परामर्श शुल्क वृद्धि गर्ने निर्णय गरेकाे हाे।

निर्णयअनुसार अब बिरामीले एकपटक चिकित्सकसँग परामर्श गर्दा ३७० देखि ८२५ सम्म शुल्क तिर्नुपर्ने नेपाल चिकित्सक संघ र अफिनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमति एवम् नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएकाे संघले जनाएकाे छ ।

नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् भने डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने छन् ।

यस्तै बैठकले निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्युनतम तलब ४२ हजार कायम गर्ने/गराउने निर्णय पनि गरेकाे छ । साथै साे निर्णकाे कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई विज्ञप्तिमार्फत् अनुराेध समेत गरिएकाे छ ।

विज्ञप्ति :

प्रतिक्रिया