गुल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौँ । गुल्मीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात घाइते छन् । गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मीका लागि छुटेको लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तिनैजना रेसुङ्गा १४ ठुलोपधेराका हुन् । जिप चालक भरत पोखरेल घाइते छन् । चालकसहित ७ उपचार भइरहेको छ ।

पानी परेको र कच्ची सडक भएको कारण चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया