यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन ०६ गते । बिहीबार । ईश्वी सन् २०२१ फेब्रुवरी १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–षष्ठी,०१ घडी,बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–भरुणी,४७ घडी ३९ पला,रातको ०१ बजेर ४४ मिनेट उप्रान्त कृतिका । योग–ब्रम्ह,५० घडी १२ पला,रातको ०२ बजेर ४६ मिनेट उप्रान्त ऐन्द्र । करण– तैतिल,बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ०५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान २८ घडी ०८ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ४२ मिनेटदेखी बिहान ८ बजेर ०८ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ०९ मिनेटदेखी बिहान ९ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर ३१ मिनेटदेखी बिहान १० बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखी मध्यान्ह १२ बजेर १९ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर ०७ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ०८ मिनेटदेखी बेलुकी ४ बजेर ३२ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ३३ मिनेटदेखी बेलुकी ७ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर ४२ मिनेटदेखी दिउसो ३ बजेर ०७ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबुझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगती हुनेछ भने बिद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । समयले बिभिन्न चुनौति निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने खतरा रहेकोछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ । स्वास्थ्यका लागी व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । आफन्त तथा चेलिहरुसँग विवाद बढ्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेकोछ । पेसा वा व्यवसायगत उन्नतीका लागी गरिएका प्रयास सफल हुनेछन् । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । भौतिक सम्पती तथा विलाशी वस्तुको हात लागी हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबी गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया