बुधबार थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १२५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यस्तै आज (बुधबार) ९१ संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार क्वारेन्टिनमा ७२ जना छन् भने सक्रिय संक्रमित संख्या १ हजार ६२१ रहेको छ।

पछिल्लो अपडेटसँगै देशभर कोभिड-१९ संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ। संक्रमितमध्ये २ लाख ६९ हजार ३९३ निको भइसकेका छन् भने मृतक संख्या २ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया