विवाह गर्दै कीर्ति ?
२०७७ फागुन ५ गते

एजेन्सी । दक्षिण भारतीय चलचित्रकी अभिनेत्री कीर्ति सुरेशले विवाह गर्ने भन्ने विषयलाई लिएर पछिल्लो समय उनी चर्चामा छिन्।
कीर्तिले म्युजिक निर्देशक अनिरुद्ध रविचन्दरसँग विवाह गर्न लागेको चर्चा चलिरहँदा उनीहरूले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।
कीर्ति र अनिरुद्धले एकसाथ रेमो, थाना सेरधाकुटम र अगयाथवसी जस्ता चलचित्रमा काम गरेका छन्। कीर्तिले केही साउथ फिल्ममा काम गरेकी छन्। उनी छिट्टै सुपरस्टार महेश बाबुको साथ फिल्म ‘सरकारु वारी पाटा’मा देखिने बताइएको छ।
२०७७ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








