ओली सरकारको पतन धेरै टाढा छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पतन अब धेरै टाढा नभएको बताएका छन् ।

बैतडीमा आयोजित कांग्रेसको विरोध सभामा ओली समूहको आक्रमणको घटनामा टिप्पणी गर्दै थापाले सरकारको आयु अब धेरै नभएको बताएका हुन् ।

केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत सहभागी सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको उनले बताए ।

‘निषेध र आक्रमणको यो शैली सत्ता/शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो,’ उनले भनेका छन्, ‘वैधता र वैधानिकता दुवै गुमाएको सरकारको पतन अब धेरै टाढा छैन ।’

प्रतिक्रिया