सूचना टाँसेर बाग्मती प्रदेशसभाको बैठक स्थगित

काठमाडौँ । बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् ।

बिहान सूचना जारी गरेर सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिएका थिए । यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दवावमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।

गत पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।

प्रतिक्रिया