भोलिदेखि निःशुल्क मिर्गौला परीक्षण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्रका सबै नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरले आफ्ना ३२ सै वडाका ३५ वटा शहरी स्वास्थ्य क्लिनिकबाट फागुन ५ गतेदेखि आगामी ६ महिनासम्म निःशुल्क मिर्गौला परीक्षण गर्ने व्यवस्था मिलाएकाे हाे ।

महानगरपालिकाको जनस्वास्थ्य विभागले एक सूचना प्रकाशित गर्दै काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा महानगरकाे ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तरगर्त याे अभियान सुरू हुन लागेकाे जानकारी गराएकाे हाे ।

महानगरपालिकाले सञ्चालन गरेकाे वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा गइ पिसाबकाे प्रारम्भिक परीक्षणमार्फत् वडावासी निःशुल्क मिर्गाैला परीक्षण गर्न सक्नेछन् ।

प्रतिक्रिया